नेपाली जनसम्पर्क समिति,
संयुक्त अधिराज्यको विधान
२०६३
प्रस्तावना
संयुक्त अधिराज्य र नेपालबीचको
मैत्रीपूर्ण सम्बन्ध
वाट संयुक्त अधिराज्यका
विभिन्न स्थानमा शिक्षा,
रोजगारी एवं अन्य पेशा
ब्यवसाय गरि बसिरहेका
समस्त नेपाली जनतालाई
नेपालको राष्ट्रियता,
प्रजातन्त्र एवं समाजवादको
सूत्रमा आबद्घ गराई नेपालको
बेलायत संगको असल सम्बन्धलाई
अझ बढी मजबुत बनाउदै बेलायतमा
वसोवास गरिरहेका नेपालीहरुका
ब्यक्तिगत तथा सामुहिक
हितका साथै नेपालमा लोकतन्त्र,
मानवअधिकार, शान्ति र
नेपालीहरुको समुउन्नती
-आर्थिक र सामाजिक) मा
बेलायतवाट सहयोग पुर्याउने
मुख्य उद्धेश्यले नेपाली
कांग्रेस पार्टी प्रवक्ता
श्री अर्जुन नरसिं के
सि. को उपस्थितिमा २०५९
- २२ फेब्रुवरी, २००३ ) लण्डनमा
यस नेपाली जनसम्पर्क
समिति, बेलायतको स्थापना
गरिएकेा, नेपाली जनसम्पर्क
समिति, बेलायतको प्रथम
अधिवेशन नेपाली कांग्रेस
उपसभापति श्री शुसिल
कोइरालाको उपस्थितिमा
भएकोमा गर्व गर्दै,
१. नेपाली कांग्रेस पार्टीले
अागाल्दै आएको नेपालको
राष्ट्र, राष्ट्रियता,
प्रजातन्त्र र समाजवादका
सिद्धान्तलाई आत्मासात
गरि राष्ट्र निर्माणको
कार्यमा महान नेपाली
सपूत समाज सुधारक महामानव
स्वर्गीय श्री विश्वेश्वरप्रसाद
कोइरालाज्यूबाट प्रदिपादित
आदर्श, सिद्धान्त एवंं
मार्गदर्शनको अनुशरण
गर्दै प्रवासी नेपालीहरूबाट
हरेक प्रकारलेे नेपालको
लोकतान्त्रिक आन्दोलन
र बिकासमा सहयोग पुर्žयाई
संयूक्त अधिराज्यमा नेपाली
कांग्रेस को सम्पर्क
संस्था भै काम गर्ने ।
२.
प्रवासी नेपाली नागरिकहरूलाई
आइपर्ने कुनैपनि सामाजिक,
शैक्षिक, सांस्कृतिक,
व्यवसायिक एवं राजनैतिक
समस्याहरूको समाधान गर्न
प्रयासरत रहने तथा उनीहरुको
हकहितका लागी कार्यशिल
रहने ।
३. नेपाल र संयुक्त
अधिराज्य बीच निरन्तर
रहदैं आएको असल सम्बन्धलाई
अझ बढी मजबुत बनाउदै प्रवासी
नेपालीहरूको समस्या समाधान
गर्न बेलायत सरकार, स्थानिय
निकाय, अन्र्तराष्ट्रिय
सघं सस्था एवं नेपालका
संबन्धित निकायहरूसंग
सम्पर्क राखी समस्याको
निराकरणतर्फ प्रयास गर्ने
।
४. प्रवासमा रहेर पनि
नेपालको राष्ट्रियता,
बहुःदलिय प्रजातन्त्र
एवं नेपाली जनताको सार्वभौम
अधिकार, मानव अधिकार एबं
मानब मात्रको कल्याणको
लागि सम्पूर्ण रुपले
कृयासिल रहने ।
५. प्रवासी
नेपाली जनतामा आइपर्ने
बिभिन्न दुःख, विपत्ति,
दैवी संकट जस्ता अवस्थामा
सक्दो सहयोग पुर्žयाउने
६. राष्ट्रिय, अन्तर्राष्ट्रिय
मावनअधिकारवादी संघ संस्थासंग
सम्पर्क कायम गरी नेपालमा
मावनअधिकारको सुदृढ एवं
प्रवर्धनका लागि कार्य
गर्ने ।
परिच्छेद १
प्रारम्भिक
१. संक्षिप्त
नाम र प्रारम्भः
यस संस्थाको नाम "नेपाली
जनसम्पर्क समिति, संयुक्त
अधिराज्य" रहनेछ । यसलाई
अंग्रेजीमा ९ल्भउबष्
िएभयउभि ऋय-यचमष्लबतष्यल
ऋommष्ततभभ, ग्लष्तभम प्ष्लनमom०
छोटकरी मा ल्एऋऋ ग्प्
भनिने छ ।
२. परिभाषाः
विषय वा प्रसागले अर्को
अर्थ नलागेमा यो विधानमा,
-क) विधान
भन्नाले जनसम्पर्क समितिको
विधान २०६३ सम्झनु पर्दछ
।
-ख) नियमावली भन्नाले
यस विधान अन्तर्गत बनेका
नियमहरू सम्झनु पर्दछ
।
-ग) केन्द्र भन्नाले
नेपाली कांग्रेस केन्दि्रय
कार्यसमिति तथा कार्यालय
लाई जनाउनेछ ।
-घ) संस्था
वा समिति भन्नाले नेपाली
जन सम्पर्क समिति, संयक्त
अधिराज्यलाई सम्झनु पर्दछ
।
-ड.) समिति भन्नाले विधानको
दफा १३ मा गठित नेपाली
जनसम्पर्क समितिको कार्यसमितिलाई
जनाउने छ ।
-च) क्षेत्रिय
समिति भन्नाले यस बिधानको
दफा १७ अनुसार गठित समितिलाई
जनाउनेछ ।
-छ) तोकिएको
वा तोकिएवमोजिम भन्नाले
यस विधान अन्तर्गत बनेका
नियमहरुमा तोकिए वमोजिम
वा समितिको निर्णयबाट
तोकिएको वा तोकिए वमोजिम
सम्झनु पर्दछ ।
-ज प्रवासी
नेपाली भन्नाले संयुक्त
अधिराज्यमा बसोवास गर्ने
नपाली मुलका सबै नेपाली
सम्झनु पर्दछ ।
-झ) भातृ
संस्था भन्नाले यस समिति
अन्र्तगत रहने गरि बेलायतमा
दफा परिच्छेद ५ को दफा
१७ मा उल्लेख भए अनुसार
गठित संस्थाहरुलाई जनाउनेछ
।
-ञ्ा) सकृय सदस्य भन्नाले
नेपाली जनसम्पर्क समिति,
बेलायतको सिफारिसमा नेपाली
कांग्रेसवाट सकृय सदस्यता
प्राप्त ब्यक्तिलाई जनाउदछ
।
३. संगठित प्रजातान्त्रिक
सस्था हुनेः
-क) यो समिति नेपाली कांग्रेसको
एक अभिच्छिन्न उत्तराधिकारवाला
संस्थाको रुपमा बेलायत
स्थित संगठित प्रजातान्त्रिक
सस्था हुनेछ ।
-ख) संस्थाको
आफ्नो छुट्टै छाप हुनेछ
जसमा गोलाकार भित्र नेपाली
जनसम्पर्क समिति, संयुक्त
अधिराज्य ल्एऋऋ ग्प्
माथि नेपालको मानचित्र,
त्यसको तल रातो रंगका
चार ताराहरु र त्यसमुनि
२००३ लेखिएको हुनेछ ।
४. समितिको कार्यालयः
यस समितिाको केन्द्रीय
कार्यालय संयुक्त अधिराज्यको
राजधानी लण्डनमा रहनेछ
।
परिच्छेद २
उद्देश्य
५. समितिको उद्देश्यहरुः
-क) यस समितिले बेलायत
स्थित लोकतन्त्रवादी
नेपालीलाई एकिकृत गर्दै
प्रस्तावनामा उल्लेखित
भए अनुसार का मुख्य उदेश्य
अनुरुप कार्य गर्नेछ
।
-ख) महिला, बालक, युवक,
वृद्ध, शारिरीक एवं मानसिकरूपले
असक्त व्यक्ति वा शैक्षिक
दृष्टिले पिछडिएका बेलायतस्थित
नेपाली नागरिकलाई सहयोग
र संरक्षणकालागि विशेष
प्रयास गर्नेछ ।
-ग) प्रवासी
नेपाली समाजका बुद्धिजिवि
वर्गलाई भेला गराउने
र वैचारिक आदानप्रदान
गराउने कार्य गर्ने ।
-घ) प्राकृतिक
विपत्ति, दैविक विपत्ति
वा अन्य कुनै असाधारण
घटना घटेमा कुनैपनि नेपाली,
वर्गविशेषलाई सक्दो सहयोग
पुर्žयाउनेछ ।
-ङ) यस
समितिको सम्पर्कमा आउने
विभिन्न कलाकार, प्रशिक्षित
विद्वान र प्रजातन्त्रवादी
नेपाली र अन्य देशका विदेशी
नेताहरूको भेला गरी नेपालको
प्रजातन्त्रिक विकासको
लागि वैचारिक आदान प्रदान
गराउनेछ ।
-च) नेपालका
प्रजातन्त्रवादी राजनितिज्ञ
हरूलाई आमन्त्रण गरी
प्रजातन्त्र, मानवअधिकार,
राष्टिय बिकास र सुशासन
सम्बन्धि गोष्ठि वा तालिम
कार्यक्रमहरु संचालन
गर्नेछ ।
-छ) देशभित्र
घट्न सक्ने र हुन सक्ने
प्रजातन्त्र विरोधी कुनैपनि
कार्यहरूको विरुद्धमा
अन्तर्राष्ट्रिय स्तरमा
आवाज उठाउन प्रयत्न गर्नेछ
।
-ज) लोकतन्त्र, सामुदायिक
जनचेतना र नेपाली साहित्यको
विकासको लागि समिति निरन्तर
प्रयत्नशिल रहनेछ ।
-झ) अन्य सामाजिक कार्यहरु
गर्ने ।
परिच्छेद ३
सदस्यता
६. सदस्यको योग्यता ः
नेपालबाट संयुक्त अधिराज्यमा
आई रोजगारी, शिक्षा एवं
व्यवसाय संचालन गरी बसेका
संपूर्ण संयुक्त अधिराज्यवासी
नेपालीहरू, जो देशमा नेपाली
कांग्रेस पार्टीले अपनाएको
राष्ट्र, राष्ट्रियता,
प्रजातन्त्र, समाजवाद
को नीति प्रति आस्था राख्दै
नपालमा बहुदलिय प्रजातन्त्र
र मानवअधिकारको संरक्षरण
र सम्बर्धन तथा बिधानमा
उल्लखित उद्धेस्य प्राप्तिको
लागि इच्छा राख्दछन्,
सबै यस संस्थाको सदस्य
हुन सक्नेछन् ।
७. सदस्यको प्रकारः
संस्थामा निम्नलिखित
पांच प्रकारका सदस्यहरू
रहने छन् ।
-क) साधारण सदस्यः बेलायतस्थित
नेपाली नागरिक जो राष्ट्र,
राष्ट्रियता, बहुदलिय
प्रजातन्त्र र
समाजवादप्रति आस्था
राख्दछन, लाई साधारण सदस्यता
प्रदान गर्न सकिने छ ।
-ख) कृयाशिल सदस्यः कम्तिमा
६ महिना साधारण सदस्य
रहेर समितिको बिधान भित्र
रहि संस्थाको
बिकास
र बिस्तार मा सकृय सहयोग
पुर्žयाउने ब्यक्तिले
नियमानुसार सकृय सदस्यता
प्राप्त
गर्न सक्नेछन्
। समितिमा सकृय भएको ब्यक्तिलाई
नेपालमा नेपाली कांग्रेसको
सकृय सदस्यको लागि सिफारिस
गरिनेछ ।
-ग) मानार्थ
सदस्यः संस्थाको उदेश्यपुर्तिको
लागि राजनैतिक, आर्थिक,
सामाजिक एवं बौद्धिक
क्षेत्रबाट महत्वपूर्ण
सहयोग दिन सक्ने वा दिने
अन्तर्राष्ट्रिय संघ
संस्था वा व्यक्ति विशेषलाई
कार्य समितिको निर्णयबाट
मानार्थ सदस्यता प्रदान
गर्न सकिनेछ । तर मानार्थ
सदस्यले कार्य समितिको
निर्वाचनमा भाग लिन पाउने
छैन ।
-घ) संस्थागत सदस्यः
समान उद्देश्य भएका कुनैपनि
संस्थाले यस संस्थाको
सदस्यता लिने निर्णय
गरी अनुरोध गरेमा कार्यसमितिको
निर्णयबाट त्यस्तो संस्थालाई
संस्थागत सदस्यता प्रदान
गर्न सकिनेछ । यसरी सदस्यता
प्राप्त संस्थाको हैसियत
क्षैत्रीय समिति सरह
हुनेछ ।
-ङ) आजिवन
सदस्यः विधान अनुसार
साधारण सदस्यता लिन योग्यता
पुगेको व्यक्तिलाई समितिले
तोकेको शुल्क
बुझाएमा आजीवन सदस्यता
दिन सक्ने छ ।
८. सदस्य
शुल्क देहाय बमोजिम हुनेछ
।
-क) साधारण सदस्य घ्१०
-दश पाउण्ड)
-ख) कृयाशिल
सदस्य घ् २५ -पच्चिस पाउण्ड)
-ग) मानार्थ
सदस्य निशुल्क
-घ) संस्थागत
सदस्य -भातृ संस्था समेत)
घ्२०० -दुई सय पाउण्ड)
-ङ) आजिवन सदस्यत घ्
२०० -दुई सय पाउण्ड)
प्रत्येक
वर्ष सदस्यता नविकरण
गर्नु पर्नेछ । प्रत्येक
वर्ष कृयासिल सदस्यले
२५ पाउण्ड र साधारण सदस्यले
१० पाउण्ड तिरी नविकरण
गराउन सकिनेछ । सदस्यता
नबिकरण समाप्त भएको सदस्यको
हैसियत सुन्य हुनेछ ।
नविकरण नभएको ब्यक्तिको
सदस्यता स्वतह समाप्त
हुनेछ ।
-च) नेपालमा
नेपाली कांग्रेसको सकृय
सदस्यता निरन्तर रुपमा
भैरहेको सदस्यहरुको हकमा
नेपाली कांग्रेस पार्टीवाट
बिधिवत् स्थानान्तरण
भै आएमा त्यस्ता इच्छुक
ब्यक्तिको सकृय सदस्य
कायम हुनेछ । तर निजले
जनसम्पर्क समितिमा निरन्तर
सकृय रही समितिले तोकेको
शुल्क भने बुझाउन पर्नेछ
।
-छ) समितिको पहिलो
अधिवेशनमा सदस्यता लिई
सहभागी भएका सदस्यहरु
स्वतहः नेपाली कांग्रेसको
सकृय सदस्यको लागि योग्य
मानिनेछन् । यस्ता सदस्यको
सकृय सदस्यलाई नेपाली
कांग्रेसले स्वीकृति
प्रदान गरेपछि लागु हुनेछ
।
९. सदस्यको लागि अयोग्यताः
-क) यस संस्थाको उद्देश्यको
प्रतिकूल आचरण गरेमा
-ख) संस्थाको
नियम उल्लङ्घन गरेवापत
निष्काशित भएमा
-ग) मगज
विगि्रएको व्यक्ति
-घ) फौजदारी
मुद्दा एवं आतङ्ककारी
गतिविधिमा लागेको कुनै
अदालतबाट प्रमाणित भएमा
।
१०. साधारण सदस्यताको
समाप्तिः
-क) दफा ९ को अतिरिक्त
सदस्यता नबिकरण नभएमा
र यस संस्थाको हित विपरित
संस्थाको उद्देश्य र
लक्ष्यमा प्रतिकूल प्रभाव
पार्ने कुनै अभिव्यक्त
गरेमा वा कार्य गरेमा
समितिले साधारण सदस्यता
समाप्त गर्न सक्ने छ ।
तर यसरी सदस्यता समाप्त
गरिएको व्यक्तिलाई सफाईको
मौकाबाट वञ्चित गरिनेछैन
।
-ख) यस समितिको
सदस्य वा पदाधिकारी भएका
ब्यक्ति समानान्तर उदेश्यका
लागि वा प्रतिस्पर्धाका
लागि खोलिएका सस्थाको
सदस्य वा पदाधिकारी भएका
निजको पद स्वतह समाप्त
हुनेछ ।
परिच्छेद ४
अधिवेशन तथा
कार्य समिति
११. अधिवेशन -गठन विधि)ः
-ंक) क्षेत्रिय समितिवाट
निर्वाचित प्रतिनिधि
र पर्यवेक्षकहरु ।
-ख) वर्तमान
कार्यसमितिका पदाधिकारी
र सदस्यहरु ।
-ग) भ्ाातृ
संस्था तथा संस्थागत
सदस्य संस्थाहरुवाट आएका
निर्वाचित प्रतिनिधि
र पर्यवेक्षकहरु ।
-घ)
भुतपूर्व सभापतिहरु
सहित सहभागी भएको एक अधिवेशन
हुनेछ ।
-च) अधिवेशन सामान्यतया
३ वर्षको एक पटक हुनेछ
। तर अधिवेशन प्रतिनिधि
संख्याको एक चौथाई सदस्यहरूको
लिखित आवेदन परेमा जुनसुकैबेलापनि
विशेष अधिवेशन बोलाउनु
पर्नेछ । अधिवेशनको गणपूरक
संख्या उपस्थित सदस्यको
५१ प्रतिशतलाई मानिनेछ
।
-छ) अधिवेशन तथा विशेष
अधिवेशन हुनुभन्दा कम्तीमा
१५ दिन अगावै नेपाल भित्रका
वा संयुक्त अधिराज्यस्थित
पत्रपत्रिका तथा इलेक्ट्रोनिक
संचार माध्यम तथा हुलाक
डेलिभरीबाट दिन सकिनेछ
।
-ज) अधिवेशनमा भागलिन
योग्य सदस्यले कम्तिमा
अधिबेशनको मितिले ३ महिना
अगाडिनै सदस्यता नविकरण
वा सदस्यता प्र्राप्त
गरेको हुनुपर्नेछ । तर
बिशेष परिस्थितिमा कार्य
समितिले निर्णय गरि ४५
दिन नघट्ने गरि समयको
बन्देज घटाउन सक्नेछ
।
१२. अधिवेशनको काम, कर्तव्य
र अधिकारः
-क) कार्य समितिका लागि
तोकिए वमोजिमका पदाधिकारी
एवं सदस्यहरूको निर्वाचन
गर्ने ।
-ख) कार्यसमितिलाई
निर्देशन दिने नियन्त्रण
गर्ने ।
-ग) समितिको बजेट
तथा कार्यक्रम माथि छलफल
र स्वीकृत गर्ने ।
-घ) संस्थाको
वाषिर्क प्रतिवेदन माथि
विचार विमर्श र पारित
गर्ने ।
-ड.) आवश्यकता अनुसार
बिधानमा संशोधन गर्ने
।
१३. कार्य समिति -गठन विधि)ः
-क) यस समितिको कार्य
सञ्चालनको लागि देहाय
वमोजिम पदाधिकारी एवं
सदस्यहरू भएको एक तेइस
सदस्यीय कार्यसमिति गठन
हुनेछ ।
-ख) सभापति र पचास
प्रतिसत सदस्यहरूको चयन
प्रत्यक्ष निर्वाचनद्वारा
हुनेछ ।
-ग) पदाधिकारी
तथा सदस्य मनोनित गर्दा
अधिवेशनका प्रतिनिधि
वा पर्यवेक्षक वा सकृय
सदस्यता प्राप्त सदस्यहरु
मध्येवाट मनोनित गरिनेछ
।
-घ) निवर्तमान सभापति
नवनिर्वाचित कार्यसमितिको
पुरै अवधिका लागि सदस्य
रहनेछ ।
-च) क्षेत्रिय
समितिका सभापतिहरु नेपाली
जनसम्पर्क समितिको कार्यसमितिका
सदस्य रहनेछन् ।
-छ)
सभापतिले बढीमा छ जनासम्म
कार्यसमिति सदस्य मनोनित
गर्न सक्नेछन ।
-ज) सभापतिले
कार्यसमितिका सदस्य मध्येबाट
उपसभापति एक, महामन्त्री
एक, सहमहामन्त्री एक र
कोषाध्यक्ष एक मनोनित
गर्ने छन् ।
१४. कार्य समितिको बैठकः
-क) सामान्यतया २ महिनामा
१ पटक कार्यसमितिको बैठक
बस्ने छ । बैठकको सूचना
१५ दिन अगाबै सदस्यहरूमा
सूचित गर्नुपर्नेछ ।
तर बैठक वस्न अत्यन्त
जरुरी भएको समयमा २४ घण्टाको
सुचना दिएर सभापतिले
समितिको आकस्मिक बैठक
बोलाउन सक्नेछ ।
-ख) सभापतिको
अनुमतिमा महामन्त्रीले
बैठक बोलाउन सक्नेछ ।
-ग) समितिको
कुल सदस्य संख्याको ५१
प्रतिसत सदस्यहरू उपस्थित
भएमा बैठकको लागि गणपूरक
संख्या पुगेको मानिनेछ
। तर पहिलो पटक गणपूरक
संख्या नपुगि दोस्रो
पटक वैठक बस्नुपर्ने
भएमा र एक तिहाई सदस्य
उपस्थित भएमा बैठकका
लागि गणपूरक संख्या पुगेको
मानिनेछ ।
-घ) कार्य
समितिका २५ प्रतिशत सदस्यले
बैठक वोलाउन आवश्यक छ
भनी लिखित जानकारी गराएमा
सभापतिले जानकारी आएको
७ दिन भित्र बैठक वोलाउन
पर्नेछ ।
१५. कार्य समितिको काम,
कर्तव्य र अधिकारः
-क) अधिवेशनको निर्देशन
पालना गर्ने र निर्णय
कार्यान्वयन गराउने ।
-ख) उद्देश्य
अनुरूप बाषिर्क कार्यक्रम
बनाई पेश गर्ने, कार्यान्वयन
गर्ने, गराउने ।
-ग) वाषिर्क
प्रतिवेदन, आयव्यय, अधिवेशनमा
पेश गर्ने
-घ) आगामी कार्यक्रम
बनाई अधिवेशनमा पेश गर्ने
।
-ङ) आवश्यकता अनुसार
विभिन्न उपसमिति गठन
गर्ने, नियमावली बनाउने
।
-च) संस्थागत सदस्यता
सम्बन्धी निर्णय निले
।
-ज) कार्यसमितिलाई
समुचित सल्लाह र मार्ग
दर्शन दिन सल्लाहकारहरू
नियुक्त गर्ने ।
-झ) कार्यसमितिको
पदावधि ३ वर्षको हुनेछ
। तर विशेष परिस्थितिमा
नेपाली कांग्रेस केन्दि्रय
समितिको स्विकृति लिएर
एक पटकमा एक वर्ष म्याद
थप गर्न सकिनेछ तर थप अवधि
दुई वर्ष भन्दा वढि हुनेछैन
।
-ञ्ा) कार्य समितिका
पदाधिकारी सदस्यहरूको
पदावधि निम्न अवस्थामा
समाप्त हुनेछ ।
-अ) कार्यसमिति समक्ष
राजीनामा दिई राजीनामा
स्वीकृत भएमा वा
-आ) लिखित
सूचना विना लगातार तीन
पटकसम्म समितिको नियमित
बैठकमा अनुपस्थित भएमा
वा
-इ) संस्थाको साधारण
सदस्य नरहेमा वा
-ई) स्थायी
रुपमा संयुक्त अधिराज्य
बेलायत छाडी गएमा वा
-उ) संस्थाको उद्धेस्य
र हित बिपरित आचरण गरेका
कारण निश्कासित भएमा
।
-ट) कार्यसमितिको कुनैपनि
पदाधिकारी वा सदस्यको
पद निजको पदावधि समाप्त
नहुदै रिक्त हुन आएमा
बांकी अवधिका लागिमात्र
सभापतिलेे मनोनयन गर्न
सक्नेछ ।
परिच्छेद ५
१६. पदाधिकारीहरूको
काम, कर्तव्य र अधिकारः
-क) सभापतिः
-अ) यस संस्थाको कार्यसमिति
र उपसमितिहरुको समेत
नेतृत्वगर्ने ।
-आ) बैठकको
अध्यक्षता ग्रहण गर्ने
।
-इ) बैठक बोलाउन महामन्त्रीलाई
निर्देशन दिने ।
-ई) मत
बराबर भएमा निणर्ायक
मत दिने ।
-उ) सदस्यहरूको
सल्लाह र सहमतीमा उपसमितिहरूको
संयोजक तोक्ने ।
-ऊ) निर्वाचित
सदस्यको कार्य विभाजन
निश्चित गर्ने ।
-ए) संस्थाको
हित, प्रतिष्ठा र सामाजिक
सेवाको लागि संस्थाको
उद्देश्यमा धक्का नलाग्ने
गरी विशेष अधिकारको प्रयोग
गर्ने ।
-ऐ) संस्थाको
उद्देश्य प्राप्तिको
लागि विधानद्वारा निर्दिष्ट
गरिएका अन्य कामहरू गर्ने
।
-ओ) समितिको नगद तथा
जिन्सीको संरक्षणको लागि
आबस्यक निरिक्षण र निर्देशन
दिने ।
-औ) खर्च सदर गर्ने
।
-ख) उप सभापति
-अ) सभापतिको कार्यमा
सहयोग गर्ने ।
-आ) सभापतिको
अनुपस्थितिमा सभापतिले
गर्ने सम्पूर्ण कार्य
निजद्वारा तोकिएको उपसभिापतिले
संचालन गर्नेछ ।
-इ) सभापति
पद रिक्त हुन आएमा बांकी
अवधिका लागि निर्वाचन
नभएसम्म उपसभापतिद्वारा
कार्य वाहक सभापति भई
काम गर्ने ।
-ग) महामन्त्री
-अ) सभापतिको निर्देशन
लिई बैठक बोलाउने ।
-आ) समितिका
सबै कागजपत्र, माइन्यूटबुक
आदिको जिम्मा लिने ।
-इ) समितिले
गरेको निर्णय कार्यान्वयन
गर्ने ।
-ई) सदस्यहरूमा
समन्वय गर्नेे ।
-ऊ) संस्थाको
उद्देश्यप्राप्तीका
लागि अन्य कामहरू गर्ने
।
-ए) समितिको नगद तथा
जिन्सीको संरक्षणकोलागी
आबस्यक निरिक्षण र समन्वय
गर्नेे ।
-घ) सह महामन्त्री
-अ) महामन्त्रीको
अनुपस्थितिमा महामन्त्रीले
गर्नुपर्ने सम्पूर्ण
कार्यहरू समापतिको निर्देशन
अनुसार गर्ने ।
-च) कोषाध्यक्षः
-अ) कोष तथा सम्पत्तिको
संरक्षण र सम्बर्द्धन
गर्ने र आम्दानी खर्चको
हिसाब चुस्त र दुरुस्त
राख्ने ।
-आ) वाषिर्क
आयव्यय प्रतिवेदन तयार
पारी प्रत्येक वर्षको
साधारण सभामा पेश गर्ने
।
-इ) समितिले तोके अनुसार
लेखा परिक्षण गराउने
।
-ई) संस्थाको उद्देश्य
प्राप्तिको लागि आबस्यक
कामहरू गर्ने ।
-उ)
समितिको कोषको ब्यवस्थापन
गर्ने, खर्च भुक्तानि
दिने ।
-ऊ) समितिको सदस्यता
शुल्क र अन्य रकम हिनामिना
गर्ने,े समयमा समितिको
रकम नवुझाउने सदस्य, क्षेत्रिय
समिति, भातृ संस्थाको
लगत तैयार गर्ने, ताकेता
गर्ने, रकम नउठेमा त्यसको
बिवरण सहित कारवाहीका
लागी अन’साशन समिति र
केन्द्रमा लेखी पठाउने
।
-ऋ) सदस्यता शुल्क रसिदको
बिवरण राख्ने र शुल्क
प्राप्त सदस्यहरुको बिवरण
तैयार गरि महामन्त्रीलाई
दिने ।
-ज) सदस्यहरूः
कार्यसमितिको बैठकको
एजेण्डाहरूमा मत जाहेर
गर्ने, विमर्श गर्ने र
निर्णय प्रक्रियामा भाग
लिने र समितिको कार्यक्रमहरु
सम्पादन गर्न आवश्यकता
अनुसार सहयोग गर्ने ।
-झ) सल्लाहकार समिति सम्वन्धि
ब्यवस्थाः
समितिको कार्य समितिलाई
सल्लाह, सुझाव र मार्गदर्शन
प्रदान गर्नको लागि दुई
देखि सात जना सम्मको प्रतिष्ठित,
बौद्धिक ब्यक्तित्व तथा
पुर्व सभापतिहरु सहितको
एक सल्लाहकार समिति को
गठन हुनेछ । यस्ता सल्लाहकार
समितिमा मनोनित हुने
ब्यक्तित्वहरु निम्न
अनुसारको योग्यताको हुनु
पर्नेछ ।
-क) समितिको
निवर्तमान सभापति पदेन
सल्लाकार हुनेछन् ।
-ख)
नेपाली कांग्रेस र यसका
भातृ संगठनहरुको जिल्ला
समिति वा माथिल्लो तहको
समितिमा वा त्यस्तो समितिको
प्रत्यक्ष सम्पर्कमा
रहि पार्टीको काम गरेको
ब्यक्ति वा,
-ग) बिगतमा
नेपाली कांग्रेसलाई आर्थिक
वा अन्य तवरवाट प्रत्यक्ष
सहयोग पुर्याएको, उमेरको
हदले ६० वर्ष नाघेको ब्यक्ति
वा
-घ) बिगतमा पार्टीको
सिफारिसमा कुनै संस्था
वा निकायको प्रमुख भै
काम गरेको ब्यक्ति । तर
पार्टीको निर्देशन र
नेपाली कांग्रेसको आदर्श
बिपरित काम गर्ने ब्यक्ति
सल्लाकार समितिको लागि
अयोग्य हुनेछन् ।
-ड.)
नेपाली कांग्रेसको सिद्धान्त
प्रति निष्ठा राख्ने
ख्याति प्राप्त बौधिक
ब्यक्तित्व ।
यसरी गठित
सल्लाकार समितिका सल्लाहकारहरु
समितिको कार्य समितिको
बैठकमा उपस्थित हुने,
छलफलमा भाग लिने, सुझाव
र मार्ग निर्देशन दिन
सक्नेछन् । अप्ठेरो परिस्थितिको
सृजना भै समितिलाई गम्भिर
असर पर्न सक्ने वा पर्न
गएको अवस्थामा निकासका
लागि सल्लाहकार समितिले
छुट्टै बैठक वसी समितिको
हितलाई ध्यानमा राखि
समितिका सभापतिलाई लिखित
सल्लाह दिन सक्नेछन्
।
१७. क्षेत्रिय समितिहरुको
गठन र कार्यबिधि र अधिकार
-क) भौगोलिक दुरीका आधारमा
समितिका कार्यहरु बिस्तार
गरि प्रभावकारी बनाउन
आवस्यक छ भनि कार्य समितिले
निर्णय गरेमा क्षेत्रिय
समिति गठन गर्न सकिने
छ । यस्ता क्षेत्रय समितिहरु
नेपाली जनसम्पर्क समितिको
स्थानिय सम्पर्क समितिको
रुपमा कार्य गर्नेछन्
।
-ख) स्थानिय भौगोलिक
रुपमा यातायात सुविधा
र नेपालीहरुको बसोवासको
घनत्वको आधारमा पायक
पर्ने क्षेत्रहरुलाई
समेट्ने गरि क्षेत्रिय
समितिहरु ग्ाठन गर्न
सकिने छ ।
-ग) क्षेत्रिय
समिति गठनको लागी कम्तीमा
११ ज्ाना साधारण सदस्यता
वितरण भएको हुनपर्ने
छ ।
-घ) क्षेत्रिय समिति
आबस्यकता अनुसार ५ देखि
११ जना सम्म पदाधिकारी
र सदस्यहरु रहन सक्नेेछन्
। क्षेत्रिय समितिका
सभापति र ५० प्रतिसत सदस्यहरु
क्षेत्रिय सभा वाट निर्वाचित
ह’नेछन् भने अन्य पदाधिकारी
र सदस्यहरु क्षेत्रिय
सभापतिले मनोनित गर्नेछ
।
-ङ) क्षेत्रीय
समितिहरुको क्षेत्रीय
अधिवेशन ३ बर्षमा एक पटक
हुनेछ र सो अधिवेशन समितिको
अधिवेशन
हुनुभन्दा ४५ दिन अगाडीनै
सम्पन्न गरि समितिमा
जानकारी दिनुपर्नेेछ
।
-च) क्षेत्रिय समितिले
ओगटेको क्षेत्रभित्र
वसोवास गर्ने सबै सकृय,
आजिवन तथा साधारण सदस्यहरु
क्षेत्रिय सभाका सदस्यहरु
रहनेछन् ।
-च) क्षेत्रिय
समितिले यस बिधान संग
नबाझिने गरि छुट्टै नियम
बनाई लागु गर्न सक्नेछन्
।
१८. क्षेत्रिय समितिको
काम कर्तब्य र अधिकारः
-क) केन्द्रवाट र समितिवाट
प्रकाशित घोषणपत्र, निति,
नियम, साहित्य, पत्रपत्रिका
तथा अन्य प्रचार सामाग्रीहरुको
बितरण र प्रचार गर्ने
।
-ख) केन्द्र र समितिको
निर्देशन पालना र कार्यान्वयन
गर्न क्षेत्रिय समितिको
कर्तब्य हुनेछ ।
-ग) क्षेत्रियस्तरमा
समितिको सदस्यता बितरण
गर्ने ।
-घ) क्षेत्रियस्तरमा
केन्द्र र समिति द्धारा
निर्देशित राजनैतिक तथा
सामाजिक कार्यक्रमहरु
गर्ने ।
-ड.) केन्द्र र समितिले
लिएका आदर्श र निति बिपरित
नहुने गरि स्थानीय तहमा
लोकपि्रय हुने खालका
सहभागितामुलक कार्यक्रमहरु
तय गर्ने र कार्यान्वयन
गर्ने ।
-च) सदस्यता लगायत
क्षेत्रिय समितिले गरेका
उल्लेखनिय कार्यहरुको
बिवरण वनाई अर्धवाषिर्क
रुपमा समितिमा पठाउने
।
-छ) सदस्यता शुल्कवाट
उठेको रकमको २५ प्रतिसत
रकम क्षेत्रिय समितिले
आफ्नो खातामा राख्ने
र क्षेत्रिय समितिको
प्रयोजनमा खर्च गर्न
सक्नेछ र वांकी ७५ प्रतिसत
रकम समितिमा पठाउन पर्नेछ
।
१९. क्षेत्रीय अधिवेशनको
काम कर्तब्य र अधिकार
-क) क्षेत्रिय समितिको
सभापति र ५० प्रतिसत सदस्यहरु
निर्वाचित गर्ने ।
-ख)
अधिबेशनका लागि ५० जना
सम्म सदस्य भएमा ७ जना
प्रतिनिधि र ३ जना पर्यबेक्षकहरुको
निर्वाचन गर्ने र त्यस
भन्दा वढि भएमा प्रतेक
१० जना वरावर थप १ जना प्रतिनिधि
र १ जना पर्यवेक्षकको
निर्वाचन गर्ने ।
-ग)
क्षेत्रिय समितिका कार्यक्रम
तथा बजेट माथी छलफल गर्ने
।
-घ) क्षेत्रिय समितिले
वनाएका नियमहरु पास गर्ने,
संस्ाोधन र खारेज गर्ने
।
-ड) क्षेत्रियस्तरका
नेपालीहरुको हितका लागि
आवस्यक सहयोगी कार्यक्रम
पास गरि कार्यान्वयन
गराउने ।
२०. भ्ाातृ संस्थाः
केन्द्र तथा समितिले
लिएका निति , आदर्श र सिद्धान्त
प्रति प्रतिवद्ध भै समितिको
सहमतिमा खुलेका महिला,
पेशागत, भुपु सैनिक, बिद्यार्थी,
मजदुर आदि संस्थाहरु
नेपाली जनसम्पर्क समिति,
बेलायतका भातृ संस्था
हुनेछन् । यस्ता संस्थाहरुको
गठन बिधि, काम कर्तब्य
र अधिकार सबै क्षेत्रिय
समितिको सरह हुनेछ । तर
सदस्यता शुल्कको हकमा
संस्थागत सदस्यता २००
पाउण्ड वुझाउनु पर्नेछ
। यस्ता समितिहरु नेपालमा
केन्द्रका भातृ संस्थाहरु
संग समेत सम्पर्कमा रहि
कार्य गर्न सक्नेछन्
। यस्ता भातृ संगठनहरुले
केन्द्र र समितिको बिधान
र नियमावली संग नवाझिने
गरि छुट्टै बिधान र नियम
वनाई लागु गर्न सक्नेछ
।
परिच्छेद ६
संस्थाको
आर्थिक व्यवस्था र संचालन
२१. आर्थिक श्रोतः
संस्थाको उद्देश्य
परिपूर्तीको लागि संस्थाको
एउटा आप्fm्नो छुट्टै कोष
-अक्षय कोष बाहेक) हुनेछ
। जसमा देहाय वमोजिमका
रकमहरू रहनेछ छन् ।
-क) दान
दातव्य, चन्दाबाट प्राप्त
भएको रकम ।
-ख) सदस्यता
शुल्कबाट प्राप्त भएको
रकम ।
-ग) संस्थाको कृयाकलापबाट
आर्जन भएको रकम ।
-घ) अनुदान
र सहयोगस्वरूप प्राप्त
भएको रकम
-ङ) विदेशी संघ
संथाबाट प्राप्त भएको
रकम
२२. कोष संचालनः
-क) कोषको रकम संस्थाको
नाममा बैंकमा जम्मा हुनेछ
।
-ख) यदि संयुक्त अधिराज्यको
कानून बाधक बन्छ भने सभापतिले
तोकेको कोषाध्यक्षको
नाममा वा कार्यसमितिले
चाहेमा सभापतिको नाममा
जम्मा हुनेछ ।
२३. . बजेट स्वीकृतिः
-क) प्रत्येक आर्थिक
वर्षको अनुमानित आयाव्ययको
बजेट अधिवेशनमा बहुमत
सदस्यबाट पारित हुनु
पर्नेछ ।
२४. लेखा परिक्षणः
-क) प्रत्येक वर्ष यस
संस्थाको आर्थिक कारोबारको
लेखा परिक्षण गर्न कार्य
समितिले एक लेखापरिक्षक
नियुक्ति गर्नेछ । उक्त
लेखापरिक्षणको प्रतिवेदन
साधारण सभा र कार्य समिति
समक्ष राख्नुपर्नेछ ।
परिच्छेद ७
२५. अक्षयकोषको स्थापनाः
-क) संस्थाको उद्देश्य
प्राप्तीको लागि कार्यक्रमहरूमा
स्थयित्व ल्याउन एक अक्षयकोषको
स्थापना गरिनेछ ।
-ख) कार्यसमितिले
बनाएको नियमावली अनुसार
अक्षयकोषको संचालन गरिनेछ
।
परिच्छेद ८
विविध
२६. मुल्यांकन तथा अनुशासन
उपसमितिः
क) समितिका उपसभापतिको
संयोजकत्वमा सदस्यहरु
मध्ये दुई जना सहितकोे
एक मुल्यांकन तथा अनुशासन
उपसमिति गठन हुनेछ । उक्त
समितिले प्रतेक ६ महिनामा
कार्यसमितिमा प्रतिबेदन
पेश गर्नपर्नेछ
-ख)
यस उपसमितिले क्षेत्रिय
समिति, संस्थागत समितिहरुको
कार्य दक्षता र प्रकृया
अनुगमन गरि अवस्यक भएमा
सुझाउ दिनेछ ।
-ग) कृयाशिल
सदस्यताका लागि पर्नआएका
निवेदनहरुमा छानबिन गरि
सिफारिस गर्न कार्यसमितिमा
पेश गर्नेछ
।
-घ) नेपाली कांग्रेस,
नेपाली जनसम्पर्क समिति
र यिनका बिधान, सिद्धान्त
र आदर्श बिपरित कार्यगर्ने
सदस्यहरुको लगत तैयार
गरि कारवाईका लागी कार्य
समितिमा पेश गर्नेछ, कारवाईमा
परेको . सदस्यको
मताधिकार हुनेछैन ।
-ड.)
समितिको आर्थिक हिनामिना
गरेको, समितिको रकम दिन
आलाटाली गरेको, तिर्न
अस्विकार गरेको भनि कोषाध्यक्षले
दिएको प्रतिबेदनको आधारमा
त्यस्तो सदस्य, क्षेत्रिय
समिति, र भातृ संस्था उपर
छानविन गर्ने, अन्तिम
चेतावनि दिने र आवस्यक
परेमा कारवाहिको लागि
सिफारिस गर्ने ।
-ङ)
अन्य कार्य बिधि तोकिए
बमोजिम हुनेछ ।
२७. निर्वाचन सम्बन्धी
व्यवस्थाः
कार्यसमिति गठन भएको
मितिले ३ वर्ष पुग्नुभन्दा
कम्तीमा दुई महिना अगाडि
कम्तीमा तीन सदस्यीय
निर्वाचन समिति गठन गरिनेछ
।
-क) निर्वाचन समितिले
निर्वाचन प्रक्रिया आफै
तोक्नेछ ।
-ख) निर्वाचन
समितिले दिएको निर्णय
अन्तिम हुनछ ।
२८. उमेदवार र कार्यसमिति
सदस्य हुन अयोग्यताः
-क) संयुक्त अधिराज्यको
अध्यागमन कानून अनुसार
बेलायतमा बस्न अवैधानिक
ठहरिएका नेपाली
नागरिक ।
-ख) संस्थाको
विधान अनुसार साधारण
सदस्यता प्राप्त नगरेको
व्यक्ति ।
-ग) समितिलाई
तिर्न पर्ने रकम नतिरेको
ब्यक्ति ।
-ग) यस
बिधानका अन्य धाराहरुमा
ब्यबस्था भएअनुसार अयोग्य
भएमा वा समितिको हिसाब
फर्छौट
नगरेमा
।
२९. अविश्वासको प्रस्तावः
-क) कार्यसमिति वा कार्य
समितिभित्रको निर्वाचित
कुनै पदाधिकारीप्रति
अविश्वासको प्रस्ताव
अधिवेशनको पच्चिस प्रतिशतले
प्रस्ताव गरेमा अधिवेशनको
कायम सदस्य संख्याको
दुई तिहाइ बहुमतद्वारा
सो प्रस्ताव पारित गर्न
सकिनेछ ।
-ख) अविश्वासको
प्रस्ताव वर्षमा एक पटकमात्र
ल्याउन सकिने छ ।
-ग)ः
सभापतिले कार्यसमिति
समक्ष र अन्य सदस्यले
सभापति समक्ष राजीनामा
दिन सक्नेछन् । त्यस्तो
राजीनामा समितिको बहुमतद्वारा
स्वीकृत हुन सक्नेछ ।
३०. विधान संशोधनः
माथी जे लेखिएको भएतापनि
संस्थाको विधान संशोधन
गर्न आवश्यक पर्ने भएमा
सो कुरा अधिबेशनमा पेश
गरि सम्पूर्ण सदस्यहरूको
दुई तिहाई सदस्यहरूबाट
पारित गरिएमा विधान संशोधन
हुनेछ । यस्तो प्रस्ताब
कार्यसमिति मार्फत अधिवेशनमा
पेश हुनेछ ।
३१. नियम बनाउने अधिकारः
यो विधानको उद्देश्य
कार्यान्वित गर्न समितिले
नेपाली कांग्रेस र यस
बिधान विपरित नहुने गरी
आवश्यकता अनुसार नियम
बनाई लागू गर्न सक्नेछ
। समिति अन्र्तगत खुलेका
सबै इकाई, भातृ संस्था
तथा संस्थागत सदस्य संस्थाका
बिधान नियमावलीहरु समितिले
स्विकृत गरेपछी मात्र
लागुहुनेछ ।
३२. अन्य संघ संस्था तथा
समितिहरुको अस्तित्व
शुन्य हुने ः
संयुक्त अधिराज्य बेलायतमा
नेपाली कांग्रेसको इकाईको
रुपमा कार्यरत यस समिति
अन्र्तगत रहने गरि भनि
समितिको विधान, निति, नियमवाहेक
कथित नेपाली कांग्रेस
संग सम्वन्धित वा लाई
सहयोग गर्न खोलिएका कुनै
पनि संघ संस्था तथा समितिहरुको
अस्तित्व शुन्य हुनेछ
र त्यस्ता संघ संस्थालाई
नेपाली कांग्रेसबाट मान्यता
हुने छैन ।
३३. व्याख्या गर्ने अधिकारः
यो विधान र यस अन्तर्गत
बन्ने नियमहरूको व्याख्या
गर्ने अधिकार कार्य समितिलाई
हुनेछ ।
३४. संस्थाको विघटनः
संस्थाको विधान बमोजिम
कार्य सञ्चालन गर्न नसकि
वा अन्य कुनै कारणवश संस्थाको
विघटन भएमा संस्थाको
सम्पूर्ण जायजेथा, कागजपत्र
र चल अचल सम्पत्ती नेपाली
कांग्रेस पार्टी, केन्द्रीय
कार्यालय ललितपुर, नेपाललाई
हस्तान्तरण गर्नु पर्नेछ
।
३५. बचाउः
-क) यो विधानमा लेखिएजति
कुरामा यो विधान बमोजिम
र नलेखिएकोमा संयुक्त
अधिराज्य को कानूनले
जटीलता पैदा गरेमा प्रचलित
नेपाल कांगे्रसको विधान
बमोजिम हुनेछ ।
-ख) यो
विधान लागू हुनुभन्दा
पहिले तदर्थ समितिले
गरेका सम्पूर्ण कार्यहरू
यसै विधान बमोजिम गरेको
सरह हुनेछ ।
-ग) यो विधान
लागु हुंदाका बखत कायम
रहेको कार्यसमिति यसै
विधान बमोजिम गठन भएको
मानिने छ ।
-घ) माथि जेसुकै
लेखिएको भए पनि नेपाली
कांगे्रस केन्द्रीय समितिको
विधानसंग बाझिएको खण्डमा
नेपाली कांगे्रस केन्द्रीय
समितिको निर्णय बमोजिम
हुनेछ ।
-समाप्त)
अनुसुची १
नेपाली जनसम्पर्क समिति,
बेलायतको विधान २०६३
को
परिच्छेद
१ को ३ ख अनुसार समितिको
छाप